(Tuesday , 21 April,2026)

टीकापुर घटनामा आन्दोलनकर्मी र सहादतप्राप्त परिवारको वेदना एउटै छ : रेशम चौधरी

NepalNewsLine

NepalNewsLine

काठमाडौं। आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनुपर्ने जनाएका छन् । डिल्लीबजार कारागारवाट जेलमुक्त भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन् ।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ, उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन।’

उनले अगाडि भने, ‘टीकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ 

यस्तै चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताए ।  ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरु कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउँछ,’ उनले भने । 

आफूहरु आन्दोलर्मी र टीकानकपुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै चौधरीले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने समेत बताए ।

 ‘हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । वेदना दुइटैको एउटै हो,’ उनले भने, ‘कसैले कसैलाई आरोप लगाएर पन्छिन मिल्दैन । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal